आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली

जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ २८ २०८२

  • 648
    SHARES

  • जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम जाँदै छन । राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका हुन ।

    आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

    केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १५ जना विद्यार्थी दीक्षित हुनेछन् । २०८२ जेठ ५ गतेसम्म उत्तीर्ण भई ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरूले दीक्षान्त कार्यक्रममा सहभागी हुन फारम भर्ने व्यवस्था मिलाइएको छ । साथै विश्वविद्यालयस्तरमा उत्कृष्ट चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० जना विद्यार्थीलाई पदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

    सङ्घीय सरकारअन्तर्गत सञ्चालनमा रहेको राजर्षिजनक विश्वविद्यालयमा हाल चार सङ्कायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । जसमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी कार्यक्रम समावेश छन् ।

    २०७४ साल कात्तिक १२ गते स्थापना भएको यो विश्वविद्यालय मातहत पाँचवटा आंगिक क्याम्पसहरू रहेका छन् भने हालसम्म ६८ वटा निजी क्याम्पसहरूले सम्बन्धन समेत लिएका छन्   ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २८ २०८२१०:२१:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend