आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकाले ३७ नेपालीलाई घर पठायो

अमेरिकाले ३७ नेपालीलाई घर पठायो

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ २७ २०८२

  • 1.0K
    SHARES

  • अमेरिकाले ३७ नेपालीलाई घर पठायो

    काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि घर पठाइएको छ। अमेरिकामा अवैधानिक रुपमा बसोबास गरिरहेका ५ महिला र ३२ पुरुषलाई अमेरिकाले ओम्नी एयरको चार्टर्ड उडानमार्फत् हिजो नेपाल पठाएको थियो। 

    सो विमानमा भारत र बंगलादेशका नागरिक पनि थिए। प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले डिपोर्टमा परेका उनीहरुलाई सामान्य सोधपुछपछि गन्तब्यतर्फ जान दिएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरु अमेरिका पुुग्नुको कारण र संगठित मानव तस्करीको भूमिकाबारे चासो राखेका छन्। 

    कुनै जाहेरी प्राप्त भए अमेरिका पु¥याउने गिरोहबाट अनुसन्धान हुने कुँवरले बताए।  यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो। तर, उनीहरुले आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए। 

    राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकाले आप्रवासीविरुद्ध कठोर कदम चालेको छ । यो अवधिमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १७७ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २७ २०८२०९:५२:०९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend