आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसद भवनमा भएको कांग्रेस-माओवादीको छलफल विना निष्कर्ष टुंगियो

संसद भवनमा भएको कांग्रेस-माओवादीको छलफल विना निष्कर्ष टुंगियो

  • मिडिया डबली डेक्स
  • आइतवार, जेठ २६ २०८२

  • 1.0K
    SHARES

  • संसद भवनमा भएको कांग्रेस-माओवादीको छलफल विना निष्कर्ष टुंगियो

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । कांग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत नभएको नेताहरू बताउँछन् ।

    छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेत लगायत सहभागी थिए । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए ।

    कांग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

    यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

    जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २६ २०८२०५:१८:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend