बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा आज आइतबार विहान करिब १ बजे खेतमा भेटिएकी थिइन् ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले विहान २ बजे नै सो ठाउँमा पुगेर अनुसन्धान अघि बढाएको छ ।
उनका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।