आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘प्रचण्ड’ले बोलाए विपक्षी दलहरूको बैठक

‘प्रचण्ड’ले बोलाए विपक्षी दलहरूको बैठक

  • मिडिया डबली डेक्स
  • आइतवार, जेठ २६ २०८२

  • 798
    SHARES

  • ‘प्रचण्ड’ले बोलाए विपक्षी दलहरूको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। 

    बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

    प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन्।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् तर, सत्तापक्ष तयार भएको छैन।

    यही विषयका कारण यही जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता विपक्षी दलले प्रतिनिधि सभामा बजेटमाथिको छलफल हुन दिएका छैनन्।

    आइतबार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २६ २०८२११:३०:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend