काठमाडौं । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदैछन्। अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट भएका नेपालीहरू आज अपराह्न ठूलो संख्यामा काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा सत्ता सम्हालेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ। डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर पठाउने गरेको छ भने दलालविरुद्ध कसैले उजुरी दिए अनुसन्धान प्रक्रिया शुरु हुने गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।