आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ २५ २०८२

  • 768
    SHARES

  • बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु
    फाइल तस्बिर

    दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशङ्कर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो । 

    कालिन्चोक गाउँपालिकाको सिङ्गटी बजारबाट झ्याकुतर्फ जाँदै गरेको बोलेरो बेलुका ७ बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

    बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाको खबर पाउनसाथ खटिएको प्रहरी टोली घाइतेहरूको उद्धार गरेको थियो । 

    उद्धारको क्रममा उक्त बोलरोमा सवार रहेका ६ मध्ये ३ जनामा चोट लागि घाइते भएकोमा १ जना सामान्य र अन्य २ जनाको गम्भीर रहेको पाइएको प्रहरी जनाएको छ ।  घाइतेमध्ये जिल्ला दोलखा गौरीशङ्कर गाउँपालिका ४ डेपुङ बस्ने अन्दाजी ३२ वर्षकी डोल्मा शेर्पालाई उपचारका लागी चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाइएकोमा अस्पतालले गएराति ११:३० बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । 

    सोही स्थान बस्ने ४५ वर्षकी फूलमाया शेर्पाको अवस्था गम्भिर रहेकोमा उपचारको लागी चरिकोटतर्फ लैजाने क्रममा बाटोमा आज बिहान ०५ः४५ बजे मृत्यु भएको उहाँले बताउनुभयो दुवै मृतकहरूको शव हाल चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा रहेको प्रहरीले जनाएको छ । 

    घाइतेमध्ये छिरी शेर्पाको स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिङ्गटीमा नै उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धानको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २५ २०८२०३:४४:५०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend