आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै

अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ २५ २०८२

  • 576
    SHARES

  • अस्पतालको उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् । २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि उनि विराटनगर जान लागेका हुन् ।

    प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमा विराटनगर जाने कार्यक्रम तय भएको छ । अस्पताल उद्घाटनपछि उनी आजै दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

    जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण भएको छ ।

    सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए । स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको उनको भनाइ छ ।

    २०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २५ २०८२११:२१:१७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend