काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।
“बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।”
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।