काठमाडौं । सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् ।
वडा अध्यक्ष श्यामदेव साहले राति पाँच/छ जनाको समूहमा घरभित्र पसेका हतियारधारी समूहले चौधरीलाई धारिलो हतियार र गोली प्रहार गरी हत्या गरेका जानकारी दिए । साथै कान्तालालका ४० वर्षीय भाई रामकान्त घाइते भएका छन । जिल्ला प्रहरी कर्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घाइते रामकान्तको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा एउटा गोलीको खोखा र तीनवटा गोली समेत बरामद भएको जानकारी उनले दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।