आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ २३ २०८२

  • 525
    SHARES

  • माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

    काठमाडौं । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

    अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

    बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

    सर्वोच्चको आदेशलाई नेकपा माओवादी केन्द्रका नेताहरुले राम्रो संकेतको रुपमा लिएका छैनन् । सो पार्टीका उपमहासचिव जनार्दन शर्माले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २३ २०८२०८:४३:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend