आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी निर्णय

गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी निर्णय

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ २१ २०८२

  • 1.0K
    SHARES

  • गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी निर्णय

    काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिने विपक्षी दलहरू सहमत भएका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

    सभामुख देवराज घिमिरेको पहलमा सत्ता पक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्न दिन आग्रह गरेका थिए। विपक्षीहरूले भने २०६४ साल यता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्न सरकार तयार भए मात्र गृहमन्त्रीलाई बोल्न दिने अडान राखेका थिए।

    अब सत्ता र प्रतिपक्षबीच प्रारम्भिक सहमति जुटेपछि संसदको गतिरोध अन्त्य हुने सम्भावना देखिएको छ। भिजिट भिसाको नाममा मानव तस्करी र अनियमितताको आरोप लागिरहँदा संसदमा बहस आवश्यक ठानिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २१ २०८२०४:३६:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend