आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ २१ २०८२

  • 1.5K
    SHARES

  • यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । यातायात व्यवसायीको हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

    आज अधिवक्ता विमल पोखरेलले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा भइरहेको यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

    यातायात व्यवसायीको आन्दोलनविरुद्ध रिट निवेदन पेश भएको र दर्ता हुन बाँकी रहेको अदालत प्रशासनले जनाएको छ। रिट अध्यनकै क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालतका प्रवक्ता अच्युत कुइँकेलले थाहाखबरलाई जानकारी दिए।

    रिटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायी महासंघलाई विपक्षी बनाइएको छ। रिटमा अधिवक्ता पोखरेलले तत्काल यातायात सेवा सुचारु गर्न अन्तरिम आदेश र अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध गर्न परमादेशको माग पनि गरेका छन्।

    नेपालको संविधान २०७२ को धारा १३३(२) र (३), सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९, आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को आधारमा सार्वजनिक यातायातलाई अत्यावश्यक सेवाको रूपमा मान्यता दिई हडताल गैरकानुनी भएको जिकिर रिट निवेदनमा गरिएको छ।

    यातायात हडतालले आमनागरिकको आवतजावतको मौलिक हक, स्वास्थ्य, शिक्षा र रोजगारीमा गम्भीर असर परी देशको अर्थतन्त्र र सुशासनमा नकारात्मक प्रभाव पारेको रिटमा उल्लेख गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २१ २०८२०३:४४:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend