काडमाडौँ । संसद्मा आजदेखि आगामी वर्षको बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची छ।
संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।
बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
सवा १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा भने बजेटमाथिको छलफल गर्ने कार्यसूची राखिएको छैन।
यता प्रतिपक्षी दलहरु भने संसद अवरुद्ध पार्ने रणनीतिमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।