आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न

स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ २० २०८२

  • 585
    SHARES

  • स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न

    ललितपुर । स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ । राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमवार जावलाखेलस्थित शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो । 

    सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता र धु्रवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता समेत बढ्दै गएको उल्लेख गर्नुभयाे । 

    समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रिकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको समेत बताउनुभयो । 

    उहाँले भन्नुभयो, "नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकवद्ध हुन आग्रह गर्दछ । आज एकातिर राजनीति अस्थिरता र ध्रुवीकरण बढिरहेको छ र अर्कोतर्फ शान्ति र अमनचैन खल्बलिएको अवस्था छ । वीरेन्द्र शान्ति सँगसँगै विकासप्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन् । आजको विश्वका विभिन्न देशहरूबिच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ।’

    उहाँले दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै हुनु विडम्वना भएको बताउनुभयो । उहाँले हत्यारा पत्ता लगाई सत्यतथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन समेत सरकारसँग माग गर्नुभयो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २० २०८२०१:५२:३८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend