आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सार्वजनिक यातायात ठप्प पार्ने यातायात व्यवसायीहरुको घोषणा

सार्वजनिक यातायात ठप्प पार्ने यातायात व्यवसायीहरुको घोषणा

  • मिडिया डबली डेक्स
  • आइतवार, जेठ १९ २०८२

  • 915
    SHARES

  • सार्वजनिक यातायात ठप्प पार्ने यातायात व्यवसायीहरुको घोषणा

    काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले मंगलबार (भोलि) देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका उनिहरुले यातायात सेवा ठप्प पार्ने भएका हुन । 

    राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर मिलाएको भन्दै आन्दोलित व्यवसायीले सवारीसाधन घर तथा ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने बताएका छन । 

    सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन । 

    आन्दोलित व्यवसायीले  सोमबार पोखरा र काठमाडौमा प्रदर्शन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १९ २०८२०७:४०:३८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend