आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अपरेशन सिन्दूरपछि भारतको सैन्य समीकरणमा नयाँ अध्याय

अपरेशन सिन्दूरपछि भारतको सैन्य समीकरणमा नयाँ अध्याय

  • एजेन्सी
  • आइतवार, जेठ १९ २०८२

  • 819
    SHARES

  • अपरेशन सिन्दूरपछि भारतको सैन्य समीकरणमा नयाँ अध्याय

    अपरेशन सिन्दूरको सफल कार्यान्वयनले भारतको सामरिक सोचमा एक नयाँ अध्यायको थालनी गरेको छ। यो अपरेशन कुनै सीमित प्रतिक्रियाको परिणाम मात्र थिएन, बरु यो भारतको रक्षा क्षेत्रमा बदलिंदो सोच, उच्च प्रविधिको प्रयोग, र रणनीतिक आत्मनिर्भरताको व्यावहारिक प्रमाण बनेको छ। यस अपरेशनले भारतले अब पुरानै शैलीमा प्रतिरोध नगरी, सटीक, योजनाबद्ध र दिर्घकालीन प्रभाव पार्ने उपायहरू अपनाउन थालिसकेको संकेत दिएको छ।

    भारतको रक्षा क्षेत्रका विश्लेषकहरू भन्छन् कि अपरेशन सिन्दूर केवल एक सफल सैन्य कारवाही थिएन, यो भविष्यमा भारतको सामरिक शैली के हुने हो भन्ने कुराको परीक्षण पनि हो। यसले अन्तर्राष्ट्रिय समुदायमा भारतको दृढता र क्षमताको सन्देश दिएको छ। यो अपरेशनको मार्फत भारतले देखाएको आत्मविश्वास, खासगरी स्वदेशी प्रविधिको उपयोग, ड्रोन्स, आर्टिफिसियल इन्टेलिजेन्स, र रियल-टाइम इन्टेलिजेन्सको प्रयोग, भविष्यमा भारतको रक्षा प्रणाली पूर्ण रूपमा आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको पुष्टि गर्दछ।

    भारतले यसपटक पाकिस्तानमा अवस्थित आतंकवादी पूर्वाधारहरूलाई लक्षित गर्दै सोझै कारवाही गरेको छ, जसलाई धेरैले “नयाँ भारत” को संकेतका रूपमा हेरेका छन्। सन् २०१६ को सर्जिकल स्ट्राइक र २०१९ को बालाकोट एयर स्ट्राइकपछि यो तेस्रो प्रमुख सैन्य कारवाही हो जसले भारतको प्रतिरक्षा नीतिमा आक्रामक र सशक्त धारणा प्रस्तुत गरेको छ। तर अपरेशन सिन्दूरको विशेषता भनेको यसले पूर्वसतर्कता, योजना, सूचनाको सम्पूर्ण नियन्त्रण र अन्तर्राष्ट्रिय समर्थन सँगै अघि बढेको हो।

    यस अपरेशनपछि भारतले कूटनीतिक तहमा पनि आक्रमकता देखाएको छ। इटाली, फ्रान्स, दक्षिण अफ्रिका, स्लोभेनिया, कंगो लगायतका मुलुकहरूसँग भारतको संसदीय प्रतिनिधिमण्डलले प्रत्यक्ष भेटघाट गरी आतंकवादबारे भारतको दृष्टिकोण स्पष्ट रूपमा राखेको छ। कतिपय मुलुकहरू, विशेष गरी युरोपेली राष्ट्रहरूले भारतको कदमको समर्थन गर्दै आतंकवादको विरुद्ध एकीकृत प्रयासको आवश्यकता औंल्याएका छन्।

    यो अपरेशनले पाकिस्तानको छायाँ युद्ध रणनीतिलाई अन्तर्राष्ट्रिय समुदाय सामु फेरि एकपटक उजागर गरिदिएको छ। पाकिस्तानले आतंकवादी संगठनहरूलाई संरक्षण दिइरहेको, र त्यसका विरुद्ध कुनै प्रभावकारी कार्यवही नगरेको आरोपलाई अपरेशन सिन्दूरले थप प्रमाणित गरेको छ। यसै सन्दर्भमा युरेशिया रिभ्यू, मेमरी र ब्रसेल्स सिग्नल जस्ता थिंक ट्यांकहरूले पाकिस्तानको भुमिका र युरोपेली सहयोगप्रति पनि गम्भीर प्रश्न उठाएका छन्।

    अपरेशन सिन्दूरले भारतको सुरक्षा नीति केवल सुरक्षा फौज र सीमामा आधारित होइन, प्रविधि, कूटनीति, रणनीति र क्षेत्रीय नेतृत्वको संयोजनमा आधारित हुने दिशामा अघि बढेको स्पष्ट संकेत दिएको छ। यस अभियानले भारतलाई नजिक भविष्यमा ‘नेट सेक्युरिटी प्रोभाइडर’ को भूमिकामा पुर्‍याउने सम्भावना बलियो बनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १९ २०८२१०:५२:४३

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend