कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।