अविरल वर्षाका कारण कोशीराजमार्गको भेडेटार मुलघाट खण्ड अवरुद्ध भएको छ । कोशी राजमार्गको दुई स्थानमा सडक भत्किएको छ । शनिवार बिहान करिब ५ः३० तिर फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिइसकेको छ र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाका १० जनाको टोली खटिइरहेको छ । प्रहरीका अनुसार दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ । दुबै स्थानमा सडक भत्किए पछि कोशी पहाडबाट नराई तथा काठमाडौँ जाने तथा तराइवाट कोशी पहाड जाने सबारी साधन बाटैमा रोकिएका छन् ।
त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा ४ निर्माणधिन तमोर कोरिडोर सडक खण्डको छरुवा खोलमा बाढी अउदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।