काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १९ दिनका लागि बैठकको कार्यतालिका तय गरेको हो। बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ।
पारित कार्यतालिकाअनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते संसद् बैठक बस्नेछ। त्यसपछि असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठकहरू हुने तय भएको छ।
यो कार्यतालिका बजेट सत्रको तयारीस्वरूप निर्धारण गरिएको मानिन्छ, जसमा सरकारको नीति तथा कार्यक्रम, बजेट प्रस्तुति, र त्यससम्बन्धी छलफलहरू समेटिने अपेक्षा गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।