काठमाडौं । रातिको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
नवलपरासी बर्दघाट सुस्त पूर्वका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले दिएको जानकारीका अनुसार सडक शुक्रबार बिहान ६ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको हो।
यो डाइभर्सन खोलाले तेस्रो पटक बगाएको हो । डाइभर्सन बगाएपछि सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेको र यात्रु मर्कामा परेको प्रहरीको भनाई छ ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत गराउने गरिएको थियो। खोलाले डाइभर्सन बगाएपछि अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न लगाइएको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।