काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। सरकारले वार्षिक बजेट पेस गर्नु अघि प्रस्तुत गरिने यो दस्तावेजमा मुलुकको आर्थिक, सामाजिक र भौतिक प्रगतिका सूचकहरू समेटिएका छन्।
आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षको समग्र आकलन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रम निर्माणका लागि आधार तयार पार्ने उद्देश्य राखेको हुन्छ।
सर्वेक्षणमार्फत देशको आर्थिक वृद्धिदर, महँगी, रोजगारी, व्यापार घाटा, लगानी, उत्पादन लगायतका सूचकहरू विश्लेषण गरिएको छ। अर्थतन्त्रको वर्तमान अवस्थाबारे स्पष्ट तस्वीर दिने यस दस्तावेजको प्रस्तुति बजेट निर्माण प्रक्रियाको एक महत्वपूर्ण पाटो मानिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।