काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएका प्रधानमन्त्री ओलीले आजको दिन मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन भएको बताउनुभएको हो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश पोष्ट्याउनु भएका उहाँले सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको तथा जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन भएको उल्लेख गर्नुभएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।