अमेरिकाले देशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत चिनिया विद्यार्थीको भिसा रद्द गर्ने भएको छ। अमरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत चीन र हङकङबाट आएका विद्यार्थीको भिसाको गहन अनुसन्धान भइरहेको जानकारी दिए।
उनले अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरुको भि;f जाँच गरी उनीहरुको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भए नभएको पत्ता लगाउने बताए। उनले अब भिषाका शर्त पनि संशोधन गरिने जानकारी दिँदै चिनिया र हङकङका भिषा आवेदकको गहन जाँच हुने बताए।
केही दिनअघि मात्रै अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा आवेदन स्थगित गरेको थियो । त्यसपछि अमेरिका चिनियाँ विद्यार्थीहरुसँग बढी आक्रामक देखिएको हो। राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रिएको छ । यी दुई देशबीच कर बढाउने विषयको प्रतिस्पर्धा छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।