आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता नगरिएको प्रहरीको दाबी

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता नगरिएको प्रहरीको दाबी

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ १५ २०८२

  • 450
    SHARES

  • राप्रपाका तीन सांसदको पीएसओ फिर्ता नगरिएको प्रहरीको दाबी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) फिर्ता नगरिएको दाबी प्रहरीले गरेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको हो ।

    प्रहरी उच्च स्रोतले भन्यो, ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन गर्ने भन्नु भएको छ । सुरक्षा अवस्था के–कस्तो छ बुझ्नुपर्ने हुन्छ । सुरक्षा संवेदनशीलतालाई ध्यान राख्दै ब्रिफिङका लागि बोलाएका हौं ।’

    यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने आफूलगायत सांसद ध्रुबबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको दाबी गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १५ २०८२०२:४८:००

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend