काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न संसद बैठक सुरु हुन सकेको छैन । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नियमित समयमा सुरु हुन नसकेको हो ।
संसद बैठक अवरुद्ध भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको बालुवाटार स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।