आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हेम्बर र चक्कु प्रयोग गरी आमासहित दुई बालबालिकाको हत्या

हेम्बर र चक्कु प्रयोग गरी आमासहित दुई बालबालिकाको हत्या

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ १५ २०८२

  • 819
    SHARES

  • हेम्बर र चक्कु प्रयोग गरी आमासहित दुई बालबालिकाको  हत्या

    बुटवल। बुटवल उपमहानगरपालिका–११ स्थित मिलिजुली पथमा एक आमा र उनका दुई बालबालिकाको विभत्स हत्या गरिएको छ। घटना बुधबार बिहान करिब ४ बजे घटेको हो।

    स्थानीयका अनुसार हत्या भएका महिला २८ वर्षीया दीपा बस्याल हुन्, जसले केही वर्ष अघि आफ्ना पूर्व श्रीमानसँग सम्बन्ध विच्छेद गरी अर्कैसँग विवाह गरेकी थिइन्। उनलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई घरेलु हतियार (हेम्बर र चक्कु)को प्रयोग गरी हत्या गरेको बताइएको छ। दीपासँगै उनका दुई बालबालिकाको पनि हत्या गरिएको हो।

    हत्या अभियुक्तको रूपमा स्थानीयले सुजन कोइरालाको नाम सार्वजनिक गरेका छन्। उनी दीपासँग पहिल्यै सम्बन्ध विच्छेद गरेका व्यक्ति भएको जनाइएको छ।

    घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगेका थिए। केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनी जेलमुक्त भएका थिए।

    हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण संकलन गरिरहेको छ भने अभियुक्तको खोजी कार्य तीव्र पारिएको जनाएको छ। हत्या पछाडि व्यक्तिगत रिसइवी र बदला प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ।

    प्रहरीले घटना सम्बन्धी थप विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १५ २०८२०८:३८:१२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend