काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभ्रेपलाञ्चोकको धुलिखेल जाँदैछन्। प्रधानमन्त्री ओलीबिहान साढे ११ बजे धुलिखेल जाने उनको निजी सचिवालयले जनाएको छ।
धुलिखेल अस्पतालको ट्रमा तथा आकस्मिक सेवा भवनको शिलान्यास गर्न उनी त्यहाँ जान लागेका हुन्।
ट्रमा एण्ड इमर्जेन्सी सेन्टर परियोजना नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाईका) बीचको समझदारी पत्र अन्तर्गत जापान सरकारको सहयोगमा शुरु गरिएको हो ।
धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने सम्झौता भईसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।