जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले आयोजना गर्न लागेको १५ जेठको कार्यक्रमलाई प्रधानमन्त्रीले प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।
मंगलबार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्रीले कार्यक्रमप्रति असहिष्णु व्यवहार देखाएको भन्दै ‘गलत अभिव्यक्ति फिर्ता लिने कि राजीनामा दिने’ स्तरको अभिव्यक्ति दिएको उल्लेख गरे।
उनले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानले सुनिश्चित गरेको स्वतन्त्रताको हनन गर्ने प्रयास भैरहेको आरोप पनि लगाए।
“सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न उद्यत देखिन्छ,” लिङ्देनको टिप्पणी थियो।
राप्रपाले १५ जेठमा के कस्तो कार्यक्रम गर्ने तयारी गरेको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर लिङ्देनको भनाइले सरकार र राप्रपाबीचको सम्बन्धमा चिसोपन झनै बढेको संकेत गर्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।