काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेको भन्दै खारेजीका लागि रिट निवेदन दिएका हुन् ।
उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारि र नियुक्ति दुवै गैरकानुनी रहेको दावी गरेका छन् । निवेदकहरूले नियुक्तिको क्रममा जालझेल गरिएको तथा पौडेल राजनीतिक दलको सदस्य रहेको दावी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।