आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इजरायली हवाई आक्रमण : गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिए

इजरायली हवाई आक्रमण : गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिए

  • एजेन्सी
  • मंगलवार, जेठ १४ २०८२

  • 474
    SHARES

  • इजरायली हवाई आक्रमण : गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिए

    इजरायली हवाई आक्रमणका क्रममा गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिएका छन्। आक्रमणमा परी कैयौँ मानिस घाइते भएका छन्। 

    मारिएकामध्ये धेरैजसो विद्यालयमा आश्रय लिएर बसेका रहेका बिबिसीले जनाएको छ। गाजा शहरको फहमी अल–जरगावी विद्यालयमा बेइत लाहियाका सयौं मानिसहरू बसोबास छन् । उक्त स्थान हाल इजरायली सैन्य आक्रमणको चपेटामा छ। 

    विद्यालयमा आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागका अनुसार उक्त विद्यालयमा आक्रमणपछि मानिसहरू बसेका दुई कक्षाकोठामा आगलागी भएको थियो। इजरायल डिफेन्स फोर्सेसले त्यहाँ हमास र इस्लामिक जिहादको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई लक्षित गरेको दाबी गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १४ २०८२१०:०५:५१

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend