काठमाडौं । नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ।
२०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ। अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो।
यस अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिइएको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।
लोकतन्त्रप्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको छाता संस्था प्रेस युनियनले पत्रकारको पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको छ। युनियनले वैशाखको अन्तिम साता मात्र लोमन्थाङमा अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।