आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ १३ २०८२

  • 702
    SHARES

  • प्रधानमन्त्रीको अभिव्यक्ति प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

    काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।

    प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाण्डौमा जनआन्दोलन शुरू गर्ने घोषणा गरेको छ । त्यही कार्यक्रमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले हिजो आयोजित एक कार्यक्रममा जेठ १५ गते काठमाण्डाै एमालेको कब्जामा हुनुपर्ने बताउनुभएको थियो ।

    प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्य–मान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । आयोगले अभिव्यक्ति दिँदा संयमित हुन, नकारात्मक टिप्पणी नगर्न र सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ ।

    यस्तै राजतन्त्र पक्षधर संयुक्त जनआन्दोलन समितिकाे आन्दोलनको अनुगमन गर्न पनि अनुरोध गरेको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १३ २०८२०५:३०:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend