सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ।
चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए। उनका अनुसार यो पराकम्पन हो।
जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।