काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सोमबार (आज) एकता हुँदैछ।
पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक ब्यांक्वेटमा बिहान साढे ११ बजे शुरु हुनेछ। कार्यक्रममा प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
आइतबार ललितपुरस्थित एकान्तकुनामा बसेको नेसपा केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको थियो ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका थिए। त्यस वेला नै दुई पार्टीबीच एकताको सहमति भएको थियो। तर अध्यक्ष यादवपछि हटेको भन्दै सहअध्यक्ष श्रेष्ठ अघि बढेपछि आज एकता घोषणा हुन लागेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।