काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।
श्रेष्ठले राजीनामामार्फत आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको लगायत बताएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।