आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृह मन्त्रालयले भन्यो : 'भिजिट भिसा प्रकरणमा मन्त्रीको संलग्नता छैन'

गृह मन्त्रालयले भन्यो : 'भिजिट भिसा प्रकरणमा मन्त्रीको संलग्नता छैन'

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ ११ २०८२

  • 1.5K
    SHARES

  • गृह मन्त्रालयले भन्यो : 'भिजिट भिसा प्रकरणमा मन्त्रीको संलग्नता छैन'

    काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग गृहमन्त्री रमेश लेखक जोडिएका समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न भएको भन्ने समाचार आएसँगै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

    गृह मन्त्रालयले यसलाई कपोलकल्पित, भ्रामक र आधारहीन भन्दै विज्ञप्ति जारी गरेको छ। गृहमन्त्री गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको र नरहने दावी गरिएको छ। विवादमा उठेका विषय वस्तुको खण्डन गर्नुको साटो विज्ञप्तिमा यस्ता समाचार नदिन मात्रै भनिएको छ।

    शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न क्रियाशील रहेको गृहमन्त्रालय अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गरिएको छ।

    त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी दिइएको छ।

    यसअघि त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले पक्राउ गरेको थियो। अख्तियारले लिएको बयानमा गृहमन्त्रीकै संलग्नतामा यो काम भइरहेको समाचार बाहिर आएपछि गृह मन्त्रालयले यसरी विज्ञप्ति जारी गरेको हो।

    समाचारहरूमा भिजिट भिसामा जानेबाट दैनिक ५० लाख रुपैयाँ गृहमन्त्रीलाई बुझाउने गरिएको उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ११ २०८२०७:०८:०३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend