आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्री लेखकलाई राजीनामा दिन शेखर कोइरालाको आग्रह

गृहमन्त्री लेखकलाई राजीनामा दिन शेखर कोइरालाको आग्रह

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ ११ २०८२

  • 912
    SHARES

  • गृहमन्त्री लेखकलाई राजीनामा दिन शेखर कोइरालाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्। गृहमन्त्री लेखक भिजिट भिसामा संगठित र संस्थागत असुली प्रकरणमा मुछिएका छन्। 

    यससँगै उनको चौतर्फी आलोचना भइरहेका बेला नेता कोइरालाले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए। 

    कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने धारणा राखे।

    यसअघि सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका रास्वपा सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई वर्तमान गृहमन्त्री लेखकले नै राजीनामा दिन र छानबिनमा सघाउन आग्रह गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ११ २०८२०२:१७:००

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend