आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको लन्च मिटिङ

अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको लन्च मिटिङ

  • मिडिया डबली डेस्क
  • शुक्रवार, जेठ १० २०८२

  • 1.4K
    SHARES

  • अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको लन्च मिटिङ

    काठमाडौं । जेष्ठ १५ गते देखि सुरु हुने भनिएको अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रमुख राजावादी नेताहरूसँग भेट गरेका छन । सोल्टी होटलमा लन्च मिटिङको आयोजना गरि  पूर्वराजा शाहले रणनीतिक भेट गरेको बताइएको छ । 

    भेटमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, तथा राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट लगायतको सहभागिता रहेको थियो । 

    पूर्वराजाको भेटघाट र आन्दोलनको पूर्वघोषणा बीचको सम्बन्धलाई गम्भीरतापूर्वक हेरिएको छ। पछिल्लो समय जनआन्दोलनले के कस्तो राजनीतिक प्रभाव पार्ला भन्ने विषयमा चासो बढेको छ। 

    राजावादीहरुले आयोजना गर्न लागेको आन्दोलनले राजसंस्थाको पुनर्स्थापना, नेपाललाई पुनः हिन्दु राष्ट्रको रूपमा घोषणा र संघीय शासन प्रणालीको खारेजी लगायतका बिषयलाई मुख्य एजेन्डा बनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १० २०८२०९:१८:१२

    मिडिया डबली डेस्क

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend