आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकामा विमान र्दुघटना, आठ जना घाइते

अमेरिकामा विमान र्दुघटना, आठ जना घाइते

  • एजेन्सी
  • शुक्रवार, जेठ १० २०८२

  • 621
    SHARES

  • अमेरिकामा विमान र्दुघटना, आठ जना घाइते

    अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाे छ । 

    स्थानीय समय अनुसार  हिजो बिहिवार बिहान पौने ४ बजे विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भने यकिन भएको छैन ।

    विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ ।

    दुर्घटनाग्रस्त विमानमा प्रख्यात सङ्गीतकर्मी  डेभ शापिरो पनि रहेका उहाँको प्रतिभा कम्पनीले जनाएको छ । उहाँको सम ४१, स्टोरी अफ द इयर र पियर्स द भेल जस्ता ब्यान्डहरू प्रख्यात छन् ।

    सान डिएगोमा आठदेखि दश जनासम्म अटाउने सानो विमान दुर्घटना भएको त्यहाँको दमकल सेवाका सहायक प्रमुख ड्यान एडीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १० २०८२०८:५८:२५

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend