बैतडी । बैतडी सदरमुकाम ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर राति १ बजेर ४८ बजे ५.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार त्यसलगत्तै २ बजे ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्प दार्चुला, बझाङ, डडेल्धुरामा महशुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। भूकम्पबाट क्षति भएको/नभएको विवरण आउन हुन बाँकी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।