आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारसँग राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने अधिकार छ

सरकारसँग राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने अधिकार छ

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ ९ २०८२

  • 1.1K
    SHARES

  • सरकारसँग राजावादी आन्दोलनमाथि प्रतिबन्ध लगाउने अधिकार छ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारसँग रहेको बताएका छन्।

    बिहीवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले यस्ता गतिविधि सरकारले प्रतिबन्ध लगाउन सक्ने पनि बताए।

    राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधन विरोधी काम भएको उल्लेख गर्दै उनले अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए। 

    आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न उनले चेतावनी दिए। संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने उनले बताए।

    मन्त्री गुरुङले राजावादीहरूको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ ? त्यहीअनुसार सरकार अघि बढ्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ९ २०८२०४:१०:५७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend