आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रक ठोक्किँदा ७ जना घाइते

ट्रक ठोक्किँदा ७ जना घाइते

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ ९ २०८२

  • 708
    SHARES

  • ट्रक ठोक्किँदा ७ जना घाइते

    चितवन । चितवनको नारायणघाट-मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छ।

    भरतपुर–२९ मा आज बिहान नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा २ वटै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ। दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन्।

    घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का  २५ वर्षीय जयकान्त राय यादव सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव, अनिल कुमार यादव रहेका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

    यस्तै बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पुर्णरूपमा संचालनमा आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ९ २०८२११:४०:२६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend