काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतबाट गृह मन्त्रालयमा सरुवा गरिएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
केहीबेर अघि उनलाई पक्राउ गरिएको आयोग स्रोतले जानकारी दिएको छ। उनलाई मंगलवार बेलुका मात्रै आकस्मिकरूपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो।
भिजिट भिसामा सेटिङ मिलाएर भ्रष्टाचार गरेको सूचना पाएपछि उनी केही सातादेखि अख्तियारको निगरानीमा थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।