काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम गरिरहेको बताए।
उनले भ्रम फैल्याउनेहरूले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए। बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उनको भनाइ छ।
यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गरे। अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भनेर सूचना दिने गरेको समेत मन्त्री खड्काले बताए। उत्पादनका कमीले लोडसेडिङ नभएको दाबी गर्दै कम उत्पादन भएको समयमा आयात गरेर भए पनि आवश्यक विद्युत उपलब्ध गराएको उल्लेख गरे।
उर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।