काठमाण्डाै । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले एक हजार र ५० रुपैयाँ दरका नयाँ नोटको डिजाइन तयार गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएपछि राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्नुभएका गभर्नर पौडेलले एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने निर्णय गर्नुभएको हो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । उहाँले आज बिहान साढे १० बजे शपथ लिनुभएको हो । शपथ लगत्तै गभर्नर पौडेलले सिंहदरबारमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्नुभएको थियो ।
भेटमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमतामा जोड दिने बताउनुभयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।