आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारका बिषयमा सांसदहरूका आ–आफ्नै तर्क

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारका बिषयमा सांसदहरूका आ–आफ्नै तर्क

  • मिडिया डबली डेस्क
  • बुधवार, जेठ ८ २०८२

  • 870
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारका बिषयमा सांसदहरूका आ–आफ्नै तर्क

    काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइकाओले ‘फोरडी क्याटोगोरी’को भनेको र एयर थाईले परीक्षण उडान समेत गरेको उल्लेख गर्दै उपसमितिको प्रतिवेदनले फोरडीमै प्रश्न उठाएको बताएका छन् ।

    बुधवार पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमाथिको समितिमा भएको छलफलका क्रममा नेता भट्टराईले न्यारोवडी जहाज बस्न मिल्ने भनेर भनेको अवस्थामा उपसमितिले फोडी क्याटोगरीको विमानस्थल होइन भनेर कसरी भन्ने ? भन्दै प्रश्न गरे ।

    ‘२५ सय मिटरको रनवे छ,४५ मिटर चौडाइ छ । जहाजहरू बसिरहेका छन् । हिमालय एयरलाइन्सले उडान पनि गरिरहेको छ। चाइनिज एयरलाइन्सले उडान गरिरहेको छ’, भट्टराईले भने, ‘परीक्षण र चार्टड उडान भइरहेका छन् ।’

    उनले पोखरा एयरपोर्ट चाइनिज लगानीसँग सम्बन्धित भएको भन्दै एयरपोर्टमाथि अरू प्रश्नहरू पनि उठ्न सक्ने बताए । साथै भट्टराईले कतिपय निर्णयमा संलग्न कर्मचारीहरूमाथि कारबाहीको सवालमा प्रतिवेदन नबोलेको बताए ।

    त्यसअघि राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समिति अन्तर्गतको उपसमिति प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको बताए । उनले परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिप्रति आपत्ति समेत जनाए ।

    ‘निर्माण कम्पनीले भर्खरै जुन विज्ञप्ति जारी गरेको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा सार्वजनिक लेखा समितिको पनि ध्यानाकर्षण होस् । एउटा सार्वभौम संसद्ले तयार गरेको प्रतिवेदनमाथि यसरी विज्ञप्ति निकालेर एकदमै भ्रमपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति निकाल्नु उचित हुन्छ कि हुँदैन, प्रतिवेदन विचाराधीन भएको अवस्थामा प्रभाव पार्नु हुन्छ कि हुँदैन’, लिङ्देनले भने, ‘यसमा समितिले गम्भीर रूपमा सोच्नुपर्छ । यसको म कडा रूपमा प्रतिवाद गर्दछु ।’

    कांग्रेस सांसद राजेन्द्र केसीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे सरकारले कसरी सम्झौता गरेको हो ? भनेर प्रश्न गरे । ‘६–७ अर्ब सुरुमै बढाइएको छ’, उनले भने, प्राविधिक त्रुटिका कुराहरू पनि सूक्ष्म अध्ययन भएको छ । छिन्ने डाँडा काट्न ३३ करोड खर्च नेपाल सरकारको भएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ८ २०८२०२:५८:०४

    मिडिया डबली डेस्क

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend