आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेमा खटपट

गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेमा खटपट

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ ७ २०८२

  • 897
    SHARES

  • गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेमा खटपट

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको छ। 

    गभर्नर नियुक्तिका लागि बस्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भउका छन्। 

    देउवा प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन्। गभर्नर नियुक्तिको प्रक्रियामा दुई महिनादेखि दुई दलबीच स्वार्थको द्वन्द्व चलिरहेको छ। गत चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपनि अहिलेसम्म एक–पटक पनि बैठक बसेको छैन। समिति दुई पटक पुनर्गठन भएको छ।

    एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्तावअनुसार सोमबारसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने कांग्रेसको विश्वास थियो। 

    तर, साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटार बोलाएका थिए। तर, कांग्रेस सभापति देउवाले रिसाउँदै गभर्नरका विषयमा छलफल गर्न नजाने जवाफ दिएको बताइएको छ।

    दुई नेताको असमझदारीबीच गृहमन्त्री रमेश लेखकले सोमबार अपराह्न सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए। उनले सोमबार नै सिफारिस समितिको बैठक राख्न र मन्त्रिपरिषद्बाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई सुझाव दिए। 

    कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेका व्यक्ति विश्व पौडेल संसदीय निर्वाचनमा उम्मेदवारसमेत भएको प्रसंग उठाउँदै प्रधानमन्त्री ओलीले उनको योग्यतामाथि प्रश्न उठाएका थिए। 

    दुई दलबीच बढेको अविश्वासबारे छलफल गर्न कांग्रेस र एमाले दुवै आन्तरिक छलफलमा केन्द्रित भएका छन। प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेस नेता गृहमन्त्री लेखक आन्तरिक छलफलका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवास पुगेका थिए। 

    प्रधानमन्त्री ओलीले भने बालुवाटारमै निकट एमाले मन्त्री र नेताहरूसँग छलफल गरेको बताइएको छ। यसअघि पार्टीका दोस्रो तहका नेताहरूले प्रधानमन्त्री ओलीले कांग्रेसमाथि गरेको व्यवहारका विषयमा अविश्वास राख्दासमेत देउवाले प्रधानमन्त्रीको बचाउ र सरकारको पक्षमा खुलेर वकालत गर्दै आएका थिए। 
    कांग्रेसले गभर्नरका लागि सुरूमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सारेको थियो। 

    भट्टले वैशाख ५ मा कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन्। 

    त्यसपछि देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलको नाम दिएका थिए।  पौडेलका विषयमा समेत ओलीले विमति राख्न थालेपछि देउवा संशकित भएका हुन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ७ २०८२१०:०१:२७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend