काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
आज सूचना निकालेर प्राधिकरणले हावाहुरी, चट्याङ र वर्षाले विद्युत आपूर्तिमा समस्या आउने गरेको जनाएको छ । साथै विद्युत अवरोधलाई यथासम्भव छिटो समाधानका लागि काम गर्दै आएको दाबी पनि गरेको छ ।
उपभोक्ताको गुनासोका लागि प्रदेश तथा डिभिजन कार्यालयमा रहेका कल सेन्टरबाट आवश्यक काम भए/नभएको बुझ्न समिति बनाएको प्राधिकरणले जानकारी दिएको छ ।
कुनै ठाउँमा बत्ती गएमा ११५० हटलाईन नम्बरमा खबर गर्न पनि प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ । बेला–बेलामा विद्युत आपूर्तिमा अवरोध हुन थालेपछि प्राधिकरणको आलोचना हुँदै आएको छ ।
यसैबीच दाङ देउखुरीमा हिजो बेलुकाको हावाहुरीले बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्याउँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण लमहीले जनाएको छ ।
विवरण सङ्कलनको काम भइरहेको र मर्मतको काम पनि थालिएको प्राधिकरणको लमही कार्यालयले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।