काठमाडौं । तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ऋषिङ गाउँपालिका- ३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर उनीहरूको मृत्यु भएको हो।
ऋषिङ गाउँपालिका- ३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका- २ की २६ वर्षीया खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
सोमबार बिहान घाँस काट्न गएका दुवैजना अबेरसम्म पनि नफर्किए पछि खोज्ने क्रममा दुवै मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।